सुनको मूल्यमा भारी बृद्धी,कतिमा हुदैँ छ कारोबार ?

शुक्रबार, ०१ मंसिर २०८०, १३ : २४

काठमाडौँ - नेपाली बजारमा मंसिर महिना सुरु भएसँगै सुनको भाउ उच्च दरमा बृद्धि भएको छ।आज शुक्रबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बृद्धि भएको छ ।  आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 तिहारअघि भने सुनका भाउ प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।यसैगरी, यो दिन चाँदीको भाउ पनि तोलामा ९० रुपैयाँले बढेको छ। यो दिन चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । तिहारअघि चाँदीको कारोबार प्रतितोला १ हजार ३६० रुपैयाँमा भइरहेको थियो ।

मंसिरमा बिबाहको लगन धेरै भएकोले पनि सुनको माग धेरै हुने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

शुक्रबार, ०१ मंसिर २०८०, १३ : २४

प्रतिक्रिया