काठमाडौँ - चालू आर्थिक वर्ष २०८०र८१ को तीन महिनाको अवधिमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा साढे १३ करोड रुपैयाँ बराबरको टुथ ब्रस भित्रिएको हो ।
यस अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको टुथ ब्रुस भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ४ करोड ३५ लाख रुपैयाँ बराबरको राजस्व बुझाएका छन् । विश्वका विभिन्न १६ देशबाट नेपालमा टुथ ब्रस भित्रिने गरेको तथ्यांक छ ।
जसमध्ये सबैभन्दा धेरै चीन र भारतबाटै आउने गर्छ । भारतबाट ८ करोड ८३ लाख रुपैयाँ बराबरको टुथ ब्रस भित्रिँदा चीनबाट ४ करोड ८ लाख रुपैयाँको टुथ ब्रस भित्रिएको तथ्यांक छ । यसबाहेक, बंगलादेश, मलेसिया, ताइवान र थाइल्याण्ड लगायतका देशबाट समेत नेपालमा टुथ ब्रस भित्रिने गरेको छ ।
प्रतिक्रिया