कफीको समर्थन मूल्य निर्धारण

५ महिना अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले  काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ । बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।

फ्रेस चेरी कफी ग्रेड ए प्रतिकिलो सय रुपैयाँ र फ्रेस चेरी कफी ग्रेड बी को प्रतिकिलो ९० रुपैयाँ मूल्य तोकेको बोर्डले जनाएकोछ ।

त्यस्तै पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकिलो पाँच सय मूल्य रहेको छ भने पार्चमेन्ट कफी ग्रेड बी को प्रतिकिलो चार सय ५० रुपैयाँ रहेको बोर्डले जनाएको छ ।

यसैगरी ड्राई कफी चेरी ग्रेड ए को दुई सय र ड्राई कफी चेरी ग्रेड बी को मूल्य प्रतिकिलो एक सय ५० रुपैयाँ कायम गरिएको छ ।काठमाडौं – चालु आर्थिक वर्षको लागि काँचो कफीको समर्थन मूल्य निर्धारण गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले  काँचो कफीको समर्थन मूल्य निर्धारण गरेको छ । बोर्डले १९ औँ राष्ट्रिय कफी दिवसको अवसरमा आजबाट लागू हुने गरी सो मूल्य निर्धारण गरेको हो ।

 

५ महिना अगाडि

प्रतिक्रिया