जिरो टिलेज प्रविधिबाट १५ देखि २५ प्रतिशत बढी गहुँको उत्पादन गराउन सकिने

आइतबार, ०३ मंसिर २०८०, १२ : १६

काठमाडौँ-  जिरो टिलेज प्रविधिबाट १५ देखि २५ प्रतिशत बढी गहुँ उत्पादन हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । यसबाट परम्परागत तरिका भन्दा १५ देखि २५ प्रतिशत उत्पादन बढी हुने बताइएको छ । 

खेतको धान काटेर सकेपछि खनजोत नगरी जिरो टिल सिड ड्रिल मेसिनको सहायताले गहुँ छर्ने प्रविधिलाई शून्य जोताई प्रविधि ९जिरो टिलेज टेक्नोलोजी० भनिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का अनुसार जिरो टिल सिड ड्रिल मेसिनबाट गहुँ छर्दा खेतमा प्रशस्त चिस्यान हुनुपर्दछ, यदि चिस्यान छैन वा कम छ भने हल्का सिँचाई गरी खेतमा उपयुक्त चिस्यान ल्याउन सकिन्छ । ट्र्याक्टरको चक्का नधसिने भएमा बढी चिस्यान भएको खेतमा पनि गहुँ लगाउन सकिन्छ । गहुँ खेतीका लागि जमिन सम्म परेको हुनु पर्ने नार्कले उल्लेख गरेको छ । 

खेतमा बढी झारपात भएमा बीउ छर्नुभन्दा कम्तीमा ३ हप्ता अगावै ग्लाईफोसेट ४१ प्रतिशत विषादी ५ एम। एल। प्रतिलिटर पानीका दरले २० लिटर घोल प्रति कट्ठाको दरले छर्नुपर्छ ।

नार्कका अनुसार सामान्यतया कार्तिक १५ गतेदेखि मङ्सिर १५ गतेसम्म गहुँ छर्दा राम्रो उत्पादन लिन सकिन्छ । राम्रो उमारशक्ति भएको बीउ ४ केजी प्रति कट्ठाका दरले छर्न सकिने नार्कले जनाएको छ । माटोमा चिस्यान बढी भएमा करिब १ इन्च गाहिराइमा छर्नु पर्ने र कम चिस्यान भएमा २ देखि ३ इन्च गहिराइमा गहुँ छर्न सकिने नार्कले उल्लेख गरेको छ । 

आइतबार, ०३ मंसिर २०८०, १२ : १६

प्रतिक्रिया