कोका–कोला इन्डियाले गर्यो विशेष पहलको सुरुवात

५ महिना अगाडि

काठमाडौँ - कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वल्र्डकप २०२३ मा एक विशेष पहलको सुरुवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरूबाट राष्ट्रिय झण्डाहरू बनाएको हो, जसले क्रिकेटको दुनियाँमा एक इको–फ्रेन्डली रन थपेको छ । आईसीसी हेड अफ इभेन्ट्स, क्रिस टेटलीले भन्नुभयो, “आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा इनोभेशन र स्टेबिलिटिलाई विशेष ध्यान दिंदै एकता र गर्वलाई मूर्त रूप दिने राष्ट्रिय झण्डाहरू पेट बोतलहरूबाट बनाईएका छन्।”

कोका–कोला इन्डिया र साउथवेस्ट एशियाका मार्केटिंग भाईस प्रेसिडेन्ट अर्नब रोयले भन्नुभयो, “यी पुनः प्रयोग गरिएका बोतलहरूबाट बनाईएका राष्ट्रिय र आईसीसीको झण्डामार्फत सर्कुलर इकोनोमीका सिद्धान्तहरूलाई अगाडि बढाउनको लागि हामीले यो पहल गरेका हौँ ।”यस उत्कृष्ट कदमले क्रिकेट र वातावरण दुवैप्रति कोका–कोलाको प्रतिबद्धता झल्किएको छ । कोका–कोलाले आईसीसीसँग मिलेर सबै १० सहभागी राष्ट्रहरूको लागि राष्ट्रिय झण्डा र १० आईसीसी युनिटी फ्ल्यागहरू बनाएको हो, जुन सबै पोस्ट–कन्ज्युमर पीईटी बोतलहरूबाट बनेको थियो । यी झण्डाहरूले प्रि–म्याचको राष्ट्रिय गान समारोहहरूमा विशेष ध्यानाकर्षण गरेको थियो, जसले टूर्नामेन्टको माहोल बनाएको  थियो ।

प्रत्येक राष्ट्रिय झण्डाको लागि लगभग ११,००० पेट  बोतलहरू र प्रत्येक आईसीसी युनिटी फ्ल्यागको लागि थप २,००० पेट बोतलहरू प्रयोग गरिएको थियो । १०० भन्दा बढी कामदारहरू संलग्न यस निर्माण प्रक्रियालाई गोरिभाईजले नेतृत्व गरेको थियो । यी वातावरण मैत्री झण्डाहरू उत्पादन गर्न २५ दिन र ३०० घण्टाभन्दा बढी समय लागेको थियो ।फोहोर व्यवस्थापनको बारेमा चेतना जगाउनका लागि र फ्यानहरूलाई सहभागी गराउन कोका–कोला इन्डियाले प्रतियोगिताभर अनलाइन र अफलाइन पहलहरू पनि सुरु गरेको थियो । . #MaidaanSaaf अभियानको एक भागको रूपमा कोका–कोला इन्डियाले टुर्नामेन्टमा फोहोर व्यवस्थापनलाई सहज बनाएको थियो र सबै स्टेडियमहरूमा पेट कलेक्शन मेसिनहरू राखिएको थियो ।

कोका–कोला इन्डिया र आईसीसीले आईसीसी मेन्स क्रिकेट विश्वकप २०२३ को समयमा खेलकुदको दिगो अनुभवप्रति आफ्नो प्रतिबद्धता देखाउने लक्ष्य राखेको छ ।आईसीसी मेन्स क्रिकेट विश्वकप २०२३ लाई अझ दिगो बनाउन कोका–कोला इन्डिया र आईसीसी मिलेर काम गरिरहेका छन् । यस पहलले वातावरणीय जिम्मेवारीसँग खेलकुदलाई जोडेर नयाँ मापदण्ड सेट गरेको छ । खेलकुद र दिगोपनलाई कसरी जोड्न सकिन्छ भनेर कोका–कोलाले ऐतिहासिक उदाहरण दिएको छ ।
 

५ महिना अगाडि

प्रतिक्रिया