सुनको मुल्यमा वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०६ मंसिर २०८०, ११ : २३

काठमाडौँ- नेपाली बजारमा साताको चौथो कारोबार दिन बुधबार पहेंलो धातु सुनको भाउ बढेको छ ।

आज  सुनको भाउ तोलामा  ३०० रुपैयाँले बढेको छ । यो दिन छापावाला सुनको भाउ १ लाख १६ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो अघिल्लो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
 यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।


त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार, ०६ मंसिर २०८०, ११ : २३

प्रतिक्रिया