काठमाडौँ- नेपाली बजारमा पहेंलो धातु सुनको भाउ शुक्रबार घटेको छ ।
यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको छ ।यो दिन छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, जावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन चाँदीको भाउ भने बढेको छ । यो दिन चाँदीको भाउ ५ रुपैयाँले बढेको हो। आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया