लोकप्रिय SY प्यानल भुटान निर्यात हुँदै

शनिबार, ०९ मंसिर २०८०, १२ : २३

काठमाडौँ - दक्षिण कोरिया हुँदै विभिन्न देशहरुमा लोकप्रिय बनेको प्यानल SY  (एसवाई) प्यानलको भुटानमा निर्यात हुने भएको छ । SY  प्यानल नेपालका जेनेरल म्यानेजर अविरल जिम्बाको अनुसार चितवनको रत्ननगरस्थित् पिठुवामा रहेको उद्योग (फ्याक्ट्री)बाट SYप्यानल भुटान निर्यात हुन लागेको हो । 

SY प्यानल नेपालका म्यानेजिङ डिरेक्टर छोइ दोङ इलले नेपाल लगायत विभिन्न देशहरुमा जसरी SY प्यानल लोकप्रिय छ त्यसरि नै भुटानमा पनि लोकप्रिय हुने बिश्वासका साथ शुभकामना ब्यक्त गरे । नेपाल र भुटानका तर्फबाट दुई पक्षबिच सम्झौतामा हस्ताक्षर समेत भएको छ । 

डिलरका म्यानेजर जीवन बरालले नेपालमा रहेको फ्याक्ट्रीबाट प्यानल भुटान निर्यातका लागि ‘SY प्यानल बिल्डर्स भुटान’ नाम गरेको डिलर दर्ता भइसकेको बताए । त्यस्तै SY प्यानल बिल्डर्स भुटानका सस्थापक उग्गेन लामाले भुटानको वातावरणीय रुपमा समेत SY प्यानल उपयुक्त हुने भएकोले प्यानलाई भुटान भित्र्याउन लागेको बताए ।

शनिबार, ०९ मंसिर २०८०, १२ : २३

प्रतिक्रिया