काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया