काठमाडौँ - मंसिर विवाहको महिना हो । सामान्यतयास् विवाह केटा र केटीको चिना टिप्पन हेरेर गरिन्छ । चिना टिप्पन मिलेमा मात्र जोडीको दाम्पत्य जीवनमा सुखी हुने मान्यता छ । तर चिना टिप्पन नमिल्दाको अवस्थामा के होला ?
गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘अर्कैको सिन्दूर लायौ’को भिडियोमा चिना टिप्पन नमिल्दा एक प्रेम जोडीको जीवनमा आइपरेको उतारचढावलाई देखाइएको छ । दीपक शर्माको शब्द र कार्कीजीको संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ ।
समीप निरौला, सिर्जना कोइराला र सुवास शाहको अभिनय रहेको भिडियो प्रेममा रहेका समीप र सिर्जनाको चिना नमिल्दा परिवारले सिर्जनाको विवाह सुवाससँग गरिदिन्छन् । तर विवाहकै भोलिपल्ट बिहान सिर्जना भागेर समीपलाई भेट्न गएको र त्यसपछिको द्वन्द्वलाई भिडियोमा देखाइएको छ ।
वियोगान्त भावको भिडियोमा राम केसीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, माधव शर्माको सह निर्देशन र समीपकै कथा, पटकथा तथा निर्देशन छ । अभिनयको अनुभव पनि छ।
प्रतिक्रिया