आज सातै प्रदेशका गृहमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्दै, यस्तो छ प्रस्ताव

मंगलबार, १२ मंसिर २०८०, ०८ : ३४

काठमाडौं ।  प्रहरी समायोजन माग गर्दै आज सातै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्ने भएका छन् ।

मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा पनि प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्यसम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन्।

 दिउँसो ३ः३० बजे गृह मन्त्रालयमा हुने भेटमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे छलफल हुने बताइएको छ । देशले प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएका कार  ण प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको आरोप रहेको छ । 

मंगलबार, १२ मंसिर २०८०, ०८ : ३४

प्रतिक्रिया