लमजुङमा २४ करोडको अलैंची उत्पादन

५ महिना अगाडि

काठमाडौं – लमजुङका किसानले अलैँची बिक्रीबाट २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार अलैँची बिक्रीबाट लमजुङमा २४ करोड रुपैयाँ भित्रिएको हो । उहाँका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट त्यति रकम आम्दानी भएको हो । गएको वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । यसबाट किसानहरु अलैंची खेतीतर्फ आकर्षित हुन थालेको पाइएको छ । ग्रामिण अर्थतन्त्रमा यसले महत्वपूर्ण प्रभाव छोड्न सफल भएको छ । 

यस वर्ष लमजुङमा अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गर्न सफल भएका हुन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, क्वलहोसोँथर गाउँपालिका, दूधपोखरी गाउँपालिकाका साथै बेसीसहर नगरपालिका र राइनास नगरपालिकाका केही क्षेत्रमा अलैँचीको व्यावसायिक खेती हुुँदै आएको छ । अहिले लमजुङमा झण्डै ६ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै समाचारमा जनाइएको छ ।

५ महिना अगाडि

प्रतिक्रिया