नयाँ कीर्तिमानी रच्दैँ सुनको भाउ, कतिमा हुदैँ छ कारोबार ?

बुधबार, १३ मंसिर २०८०, १२ : २३

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो । 

 आज तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो । 

 

बुधबार, १३ मंसिर २०८०, १२ : २३

प्रतिक्रिया