काठमाडौँ - आगामी डिसेम्बर २ का दिन सोल्टी होटल काठमाडौं मा एक विशेष क्रिसमस बजार आयोजना हुने भएको छ । एवन बजारको रुपमा विगत चार दशक बर्ष देखि एक्टिभ उमन अफ नेपाल (एवन) ले संचालन गर्दै आएको यो एक किसिमको च्यारीटेबल सेलिब्रेसन पनि हो ।टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन भने अमेरिकी राजदुत की श्रीमती जेन क्रिल थोम्पसनले गर्दैछिन्, उनी एवन कि अनररी प्रेसिडेन्ट समेत हुन् ।
विभिन्न किसिमका एक सय भन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानिय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टलहरु रहनेछन् । विभिन्न क्षेत्रका प्रभावशाली ब्याक्तिले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिईने एवन बजारबाट संकलित रकम समेत एवनका च्यारीटेबल कार्यहरुमा खर्चिंने गरिएको छ । ७५ बर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले संचालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन समय सँगै अमेरिकन एम्बेसीमा सिमिन नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।
एवनले आफ्ना सहयोगी हातहरु निरन्तर अगाडि बढाउँदै आएको छ । भूकम्प होस् या कोभिड एवन आहोरात्र खटिंदै आएको छ भने विभिन्न क्षेत्रमा गएर संस्थाले सकेको सहयोग निरन्तर गर्दै आएको छ । एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठ भन्छिन्, “देशको जुनसुकै आवश्यकतामा एवन सक्रिय भएर लाग्ने गरेको छ, हालै जाजरकोटमा गएको विनासकारी भूकम्पमा समेत एवले सक्रियता पूर्वक राहात समाग्रि संकलन तथा वितरणका लागि काम गरिरहेका छौं ।“ उनी थप्छीन, “हामीले सयौं छात्रबृत्ती, ग्रामीण महिलालाई सेनिटरी प्याड वितरण, बृद्धाश्रम तथा बालगृहलाई सहयोग गर्ने लगायतका कार्यहरु गर्दै आएका छौं ।“
यहाँ स्मरणीय छ एवन बजारमा प्रवेश निःशुल्क रहेको छ भने विहान नौ बजे देखी साँझ ६ बजे सम्म चल्ने बजार राजदुत पत्नि जेन ले विहान दश बजे उद्घाटन गर्नेछिन् । बालबालिकाका लागि आकर्षक गेमिङ्ग जोन समेत यहाँ रहने छ । यस्तै एवन बजारमा जाजरकोट भूकम्प पिडितको राहात संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लब संगको सहयकार्यमा राहात संकलन गर्ने ठाउँ समेत छुट्याईएको छ । जाजरकोटका भूकम्प पिडितलाई राहात समाग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामाग्री राहात स्वरुप लिएर आईदिन समेत एवनले हार्दिक आग्रह गरेको छ ।
प्रतिक्रिया