काठमाडौंका यी क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुँदै

४ महिना अगाडि

काठमाडौँ  आज बिहीबार (मङ्सिर १४ गते) काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

 नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकु–स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुनेछ ।

 त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ। प्राधिकरणले निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने जनाएको छ।

bihut aapurti banda

४ महिना अगाडि

प्रतिक्रिया