काठमाडौँ- युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।
कम्पनीको गत मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्तापूँजीको १ स् १ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्ताव नियमनकारी निकायबाट स्वीकृती प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारण सभामा पेश गर्ने पनि कम्पनीले बताएको छ।
प्रतिक्रिया