साताभरमा नेप्से परिसूचकको अवस्था कस्तो रह्यो एक समीक्षा

शनिबार, १६ मंसिर २०८०, ०८ : २८

काठमाडौँ । साताभरमा नेप्से परिसूचक सामान्य अङ्कले घटेर बन्द भएको छ। गत साता १८६०.२० विन्दुमा बन्द भएको नेप्से, यस साता १.६७ अङ्क घटेर १८५८.५३ विन्दुमा झरेको हो।

साताभरमा भएको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार घटेको थियो भने एक कारोबार दिन बढेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से ४७ अङ्कभन्दा बढी बढेको थियो।साताभरमा भएको कारोबारमा यस साता सेन्सेटिभ इण्डेक्स ०.९० अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अङ्क घटेको छ।

 दैनिक औषत कारोबार रकम बढेको यस साताको कारोबारमा नेप्से भने घटेको छ। गत साता दैनिक औसतमा १ अर्ब १२ करोडको शेयर कारोबार भएको बजारमा यस साता १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको छ। 

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४० करोड रुपैयाँ अर्थात् ३५.६८ प्रतिशत बढी हो। त्यसै गरी, यस साता दैनिक औषत शेयर संख्या ३७.०५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.२२ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण पनि सामान्य घटेको छ। गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ६८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता २ अर्ब रुपैयाँ घटेर २८ खर्ब ६५ अर्बमा सीमित भएको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ। गत साता ११६३.९५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १३।९१ अङ्क घटेर ११५०।०४ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १५.१९ अङ्क घटेको छ।

graf
 

शनिबार, १६ मंसिर २०८०, ०८ : २८

प्रतिक्रिया