मूल्यमा नयाँ रेकर्ड कायम भएको सुनको कारोबार साताभरमा कस्तो रह्यो ?

काठमाडौँ । यो साता सुनको मूल्यमा रेकर्ड माथि रेकर्ड कायम भएको छ । विश्व बजारमा मात्र नभएर नेपाली बजारमा पनि सातामै सुन तीन दिन ऐतिहासिक उचाइमा पुगेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा तीन पटकसम्म नयाँ उचाइ सहितको रेकर्ड कायम भएको थियो । महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ तोकिएको थियो । तर सोमबार भने सुन तोलाकै १७ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो । 

तर लगातार तीन दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सोमबार सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र मङ्गलवार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ पुगेर रेकर्डस्तर छोएको थियो। बिहीबार सुनको भाउ स्थिर रहे पनि शुक्रवार सुनको भाउ घटेर प्रतितोला एक लाख १९ हजार रुपैयाँमा झर्‍यो। जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रतितोला २ हजार १०० रुपैयाँले बढी हो।

रुष–युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरूले बताएका छन् । डलर केही कमजोर हुँदा पनि सुनको भाउ बढ्नुमा सहयोग पुगेको हो । यस्तै यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदीको थियो । 

९ महिना अगाडि

प्रतिक्रिया