तीन दिदीबहिनीले ल्याएको स्टिल घर अवधारणा

५ महिना अगाडि

काठमाडौँ ।  रुपन्देहीमा ३ दिदीबहिनी मिलेर नयाँ शैलीको सुरक्षित र हलुका घरको अवधारणा ल्याएका छन् । 

बुटवल निवास सृष्टि गुरुङ, सोनाली गुरुङ र सिल्पी गुरुङ मिलेर आइटी स्टिल स्टक्चर सोलुसन प्रालि मार्फत स्टिल स्टक्चरमा आधारित घर निर्माण गरिरहेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकाको लौसामा प्रालीको स्टिल स्टक्चरका आधारित घर निर्माणमा प्रयोग हुने सामाग्रीको उद्योग रहेको छ ।

उद्योगमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा इट्टा, ढुङ्गा, छड सिमेन्टको विकल्पमा स्टिल स्टक्चरका घरहरू राम्रो विकल्प बन्न सक्ने बताइएको थियो । यो  नयाँ प्रविधिको घर हलुकासँगै भूकम्प प्रतिरोधक, खिया प्रतिरोधक बलियो र भरपर्दो रहेको प्रा लि की टेक्निकल निर्देशक सृष्टि गुरुङले जानकारी दिइन्। 

विदेशमा पनि प्रचलनमा आएका यी घर नेपालमा पनि उपयोगी हुन सक्ने उनले बताइन् । यो घर निर्माण गर्नका लागि समय कम लाग्छ। कम्पनीले डिजाइन गरेको डेड महिना घर निर्माण गर्न सकिन्छ । चार करोड ८५ लाखको लागतमा तयार भएको उद्योग स्थापना गरेको हाल १४ जनालाई  प्रत्यक्ष रोजगारी दिएको छ । 

५ महिना अगाडि

प्रतिक्रिया