दुई कम्युनिष्ट नेताबीच दुबईमा भेट

शनिबार, १६ मंसिर २०८०, १० : २७

काठमाडौं – नेपालका प्रधानामन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबईमा क्युबाका राष्ट्रपति मिगेल दिआस कानेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

उनीहरु दुबै जना संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन दुबई पुग्दा भेट भएको हो । कम्युनिष्ट मुलुक क्युबाका राष्ट्रपति र नेपालका कम्युनिष्ट प्रधानमन्त्रीबीच भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । क्युबा चे र फिडेल ब्याष्ट्रोको नेतृत्वयमा क्रान्ति सम्पन्न भएको मुलुक हो । 

शनिबार, १६ मंसिर २०८०, १० : २७

प्रतिक्रिया