काठमाडौँ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरूलाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना ९संस्था तथा व्यक्ति० लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानित मध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनीहरू छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका रहेका छन्। परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७८र७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदातामा डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एशियन पेन्टस् प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो ।
यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइएमई बैंक, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी कर तिर्ने आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९र८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।
प्रतिक्रिया