सुनको मुल्यमा वृद्धि कायमै, आज कतिमा हुदेँछ कारोबार ?

सोमबार, १८ मंसिर २०८०, ११ : १०

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । सुनचाँदी व्यवसायी महासंघले तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ । हिजो तोलामा १ हजार ८०० रुपैयाँले बढ्दै मूल्यले नयाँ कीर्तिमान बनाएको थियो । आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँमा भइरहेको छ ।

सोमबार, १८ मंसिर २०८०, ११ : १०

प्रतिक्रिया