हिमालयन डिस्टीलरीले लाभांश घोषणा

सोमबार, १८ मंसिर २०८०, १५ : ०८

काठमाडौं- हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले लाभांश घोषणासँगै आफ्नो २३ औं वार्षिक साधारणसभा समेत बोलाएको छ। आगामी पुस २५ गते बुधबारका दिन बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडानम्बर २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको हो ।

साधारणसभा प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गर्ने भएको छ । पुस १२ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

सोमबार, १८ मंसिर २०८०, १५ : ०८

प्रतिक्रिया