काठमाडौँ - रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री संचालनमा ल्याएको हो । फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ ।उद्घाटन समारोह, माननिय अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य तथा टीसीपीका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरुको उपस्थितिमा भएको थियो ।
अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ । रेडबुलको नेपालमा स्थानिय रुपमा उत्पादन, ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेको छ । साथै यसले ब्रान्डको स्थानीय रुपैमा उत्पादन, स्रोतसाधनहरुको सशक्तिकरण तथा वातावरणीय दिगोपनप्रति प्रतिबद्धता दर्शाउँछ ।प्रतिष्ठित ब्राण्ड रेड बुल उत्पादन गर्ने नेपाल, विश्वको चौथौं देश हो ।पहेंलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम तथा चीन पश्चात नेपाल रहेको छ ।
इनर्जीको एक यात्राः रेड बुलको ग्लोबल लिगेसी
योविध्या परिवारको स्वामित्वमा रहेको टिसिपि समूह थाइल्याण्डमा रहेको एक अग्रणी पेय पदार्थ कम्पनी हो र विश्वको सबैभन्दा प्रतिष्ठित इनर्जी ड्रिङ्क ब्रान्ड “रेड बुल” को उत्पादक हो । साथै “हाउस अफ ग्रेट ब्रान्ड्स“ को रूपमा पनि परिचित, कम्पनीसँग विविध उत्कृष्ट प्रोडक्टहरुको पोर्टफोलियो रहेको छ । एशियाका १५ भन्दा बढी देशका बजारहरूमा प्रत्यक्ष रूपमा सक्रिय रहेको छ, जसले विश्वव्यापी रूपमा ५,००० भन्दा बढी मानिसहरूलाई रोजगार प्रदान गर्दछ ।
थाइल्याण्डमा, कम्पनीले विभिन्न व्यवसायमा सफलता हासिल गरेको छ । टिसिपि समूह “इनरजाइजिङ अ बेटर वल्र्ड“ भन्ने उद्देश्यका साथ विश्वका विभिन्न देशमा संचालित रहेको छ ।
टिसिपि समूहका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्याले भने, “टिसिपि समूहले खाद्य तथा पेय पदार्थ उद्योगलाई नयाँ नयाँ सिर्जनशिल उत्पादन र सेवाहरूका साथ बदलिंदो जीवनशैली, स्वास्थ्य तथा समयअनुसारको आवश्यकता लाई मध्यनजर राख्दै रेडबुलले नयाँ नयाँ आविष्कारहरूद्वारा विश्वलाई सदैव इनर्जी प्रदान गरिरहनेछ । रेड बुल इनर्जी ड्रिंक नेपालमा पहिलो पटक सन् २०१० मा आयात गरेर बिक्री भएको थियो । आज, हामी रेडबुललाई वातावरण मैत्री तथा स्थानीय रूपमा उत्पादन गर्न सफल भएकोमा, हामी गर्व गर्दछौं । स्थानीय रुपमा उत्पादन गर्न सफलता हासिल गरेकोमा प्रतिष्ठित व्यापारिक समूह, खेतान समूहको स्वामित्व रहेको–सरस बेभरेजेजलाई धन्यवाद दिन चाहन्छौं । यस पहलले नेपालमा सामाजिक, आर्थिक वृद्धि, रोजगारीका नयाँ अवसरहरू प्रदान गर्न र नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउनेछ भनी हामी विश्वस्त छौं ।“
सरस बेभरेजेजका प्रमुख कार्यकारी अधिकृत पवन जगेटियाले भने, “सरस बेभरेजेजको अत्याधुनिक अमरापुरी फ्याक्ट्रीमा हामी गर्वका साथ प्रतिष्ठित रेड बुल उत्पादन गर्दैछौं । वातावरणीय दिगोपनप्रति हामी सदैव प्रतिबद्ध छौं । त्यसैले फ्याक्ट्रीको आधा बिजुली वैकल्पिक उर्जा स्रोतहरूबाट उत्पादन गर्दैछौं । रेडबुलको फ्याक्ट्री स्थापना पश्चात अन्तरराष्ट्रिय ब्रान्डहरुलाई नेपालमा उद्योग अनुकुल वातावरण रहेको सकारात्मक सन्देश दिनेछ । हामी रेडबुललाई स्थानिय रुपमै उत्पादन गर्न सफल भएका छौं यसले हाम्रो सक्षमता र सीपलाई अन्तरराष्ट्रिय स्तरमा प्रमाणित गरेको छ ।”
प्रतिक्रिया