काठमाडौँ : उपत्यकाको न्यूरोडबाट बरामद भएको सुन सात किलोग्राम एक सय ८५ ग्राम ठहर भएको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार राति पक्राउ गरी बुधबार गरेको चेकजाँचका क्रममा उक्त परिणाममा सुन भएको खुलेको हो ।
प्रहरीले उक्त परिणामको सुनसहित चार हजार एक सय अमेरिकन डलर र ३९ लाख ५० हजार नेपालीसहित कैलाली घर भई काठमाडौँको नागार्जुन बस्दै आएका ४१ वर्षीय पद्मप्रसाद पाण्डेलाई पक्राउ गरेको थियो।
पक्राउ परेका पाण्डेले ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट सुनका विभिन्न गहना तथा सुनका टुक्रा बिलबिजकबिना बिक्री गर्ने गरेको खुलेको प्रहरीको भनाई छ । पक्राउ पाण्डेलाई आवश्यक अनुन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रतिक्रिया