सुनको मुल्यमा सामान्य वृद्धि, आज कतिमा हुदैँछ कारोबार ?

विहीबार, २१ मंसिर २०८०, १० : ५०

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन २ सयले बढेको हो ।

बुधवार प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रहेको छ ।


त्यस्तै, चाँदी आज प्रतितोला १ हजार ४ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 

विहीबार, २१ मंसिर २०८०, १० : ५०

प्रतिक्रिया