एनिमलले कमायो विश्वभरबाट ५२७.६० करोड भारतीय रुपैयाँ

२ महिना अगाडि

मुम्बई- एनिमलले विश्वभर ५२७.६० करोड भारतीय रुपैयाँ संकलन गरेको छ । रणवीर कपुरको फिल्मले रिलिजको छैटौँ दिनमा यो उपलब्धि हासिल गरेको हो ।यो उनको करियरको दोस्रो उत्कृष्ट फिल्म बनेको छ । यसले ब्रह्मास्त्रको कूल आम्दानीलाई उछिनेको छ।

ब्रह्मास्त्रको विश्वव्यापी कलेक्सन ४१८ करोड रुपैयाँ थियो । एनिमलअघि रणवीर कपूरको २०१८ मा रिलिज भएको सञ्जु छ, जसले विश्वभर ५८६ करोडको व्यापार गर्‍यो।

फिल्मले घरेलु बक्स अफिसमा मात्रै ३ सय करोड कमाएको छ । बुधबार फिल्मले घरेलु बक्स अफिसमा २९.६१ करोडको कलेक्सन गरेको थियो । फिल्मको कूल कलेक्सन ३१२.९६ करोड पुगेको छ । यी तथ्याङ्कहरू सबै भाषाहरूको लागि हुन्।

२ महिना अगाडि

प्रतिक्रिया