सुनको मुल्यमा गिरावट आज कतिमा हुदैँछ कारोबार ?

२ महिना अगाडि

काठमाडौं-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ७ सय ४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ सय ७० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २२ रुपैयाँ तोकेको छ।

२ महिना अगाडि

प्रतिक्रिया