१३ गते बुक क्लोज गरेको ग्लोबल आइएमई बैंकको साधारण मिति तय

सोमबार, २५ मंसिर २०८०, ०९ : १७

काठमाडौं:  ग्लोबल आइएमई बैंक लिमिटेडको वार्षिक साधारण सभा आगामी बिहीबार मंसिर २८ गतेका दिन बस्ने भएको छ ।

सभा, नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ। उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। 

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गरेको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 

सोमबार, २५ मंसिर २०८०, ०९ : १७

प्रतिक्रिया