‘द भ्वाइस अफ  नेपाल - सिजन ५’ को भोटिङ पार्टनरमा ‘खल्ती’

मंगलबार, २६ मंसिर २०८०, १७ : ०७

काठमाडौँ - नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ  नेपाल -सिजन ५’ का सहभागीलाई  ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन्  ।

 ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै दर्शकको मन जित्न सफल भएको, ‘द भ्वाइस’ ले यस अघि ४  शृङ्खलाहरूमा “द भ्वाइस नेपाल” साथै बालबालिकाहरूलाई केन्द्रित गरी आयोजना गरेको ‘द भ्वाइस किड्स नेपाल’ पनि सञ्चालन गरिसकेको छ। लगातारको  सफलता पछि यस पटक युवाहरूलाई लक्षित गरी ‘द भ्वाइस अफ  नेपाल’को पाँचौँ  शृङ्खला अगि बढाएको  छ।

 रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रममा कोचरनिर्णायकको रूपमा गायक उदय सोताङ , प्रमोद खरेल , राजेश पायल राई र गायिका मिलन नेवारलाई देख्न सकिन्छ। ब्लाइन्ड अडिसन राउन्डबाट सुरु भएको यस कार्यक्रमको  ब्याटल राउन्ड र  नक आउट राउण्ड पनि समापन भएको छ। ब्याटल राउन्डको अन्त्य सँगै अब लाइभ राउण्ड सुरु भएको छ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्टलाई ‘खल्ती’ एप प्रयोग गरी भोट गर्न सक्नेछन्।

मंगलबार, २६ मंसिर २०८०, १७ : ०७

प्रतिक्रिया