काठमाडौँ । नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ ।
कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रूपमा दोहन गर्नमा प्रयोग भएको सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ कास्की प्रहरी कार्यालयको टिमले नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माका अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्याक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगर नगर कार्यपालिकाको जिम्मा लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन कार्य गैर कानुनी भएको भन्दै आगामी दिनमा चोरी निकासीमा संलग्न नहुन व्यवसायी स्थानीय र सवार धनीलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया