शम्भूमार्गस्थित चोरी गर्ने तीनजना गहनासहित पक्राउ

विहीबार, २८ मंसिर २०८०, ०९ : ०१

काठमाडौं । काठमाडौंमा रातको समयमा चोरी गर्ने तीन जना पक्राउ परेका छन्।

काठमाडौंका शम्भूमार्गस्थित भगवती श्रेष्ठको घरबाट १ तोला सुन र १ लाख ८० हजार रूपैयाँ चोरी भएको घटनामा अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला राजापुर थाना घर भई हाल काठमाडौंको तिलगंगा बस्ने १९ वर्षीय फ्रुटी भनिने किशोर गिरी, भारतको बिहार राज्य समस्तीपुर जिल्ला ग्राम घर भई तिलगंगा बस्ने २१ वर्षीय कृष्ण पोदार र भारतको बैसालीको उखिमारपुरका १८ वर्षीय घुच्की भन्ने संजीव बाँनिया (पोदार छन्)

गत कात्तिक ५ गते काठमाडौं महानगरपालिका-९ विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेराबाट सुनका गरगहना र नगद गरी १३ लाख ५८ हजार बराबरको धनमालको चोरीमा पनि गिरी र पोदारकै संलग्नता भेटिएको छ । उनीहरूको साथबाट सुनको पोते सहित नोगेडी ३ थान, मंगलसुत्र ३ थान, रिङ ३ थान, तिलहरी २ थान र झुम्का २ जोर बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा सितापाइलामा सुन पसल चलाउने ३० वर्षीय बिक्रम गर्तौला, झापाको वाहुनडाँगी घर भई पुरानो बानेश्वरमा सुन पसल चलाउने रमेश विश्वकर्मा र मोरङको सुन्दरहरैँचा घर भई काठमाडौंको भिमसेनगोलामा सुन पसल चलाउने ३३ वर्षीय डिल्लीराम विश्वकर्मा छन्।

विहीबार, २८ मंसिर २०८०, ०९ : ०१

प्रतिक्रिया