भगवती हाइड्रोपावरको नाफामा संकुचन

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ५७

काठमाडौँ- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४२ लाख रुपैयाँभन्दा बढी खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा उच्च गिरावट आएको देखिएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा २ करोड १७ लाख रुपैयाँभन्दा बढी रहेको थियो । 

विद्युत बिक्रीबाट हुने आम्दानी बढे पनि त्यसको तुलनामा खर्च ह्वात्तै बढ्दा कम्पनीको नाफा प्रभावित भएको देखिएको हो । 

समीक्षा अवधिमा यो कम्पनीले ३ करोड ९० लाख विद्युत बिक्रीबाट आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ३ करोड ८५ लाख रुपैयाँ थियो । 

अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष ४४ लाख बढी थियो । 

यसरी कुल आम्दानी गत वर्ष यही अवधिमा ४ करोड २९ लाख रुपैयाँ रहेकोमा यो वर्ष ३ करोड ९१ लाख रुपैयाँमा सीमित बन्न पुगेको देखिन्छ । 

कम्पनीको अघिल्लो वर्षको यही अवधिमा कुल सञ्चालन खर्च १ करोड ७ लाख रुपैयाँमा सीमित रहेकोमा त्यो बढेर यो वर्ष १ करोड ४८ लाख रुपैयाँभन्दा बढी पुगेको छ । 

कुल ५७ करोड २० लाख चुक्तापूँजी भएको यो कम्पनीको पहिलो त्रैमासको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२।२७ रुपैयाँ कायम भएको छ । 

प्रतिसेयर नेटवर्थ १२६।३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९।३५ गुणा, तरलता अनुपात १५।४० प्रतिशत कायम भएको छ । 

शुक्रबार, २९ मंसिर २०८०, ०८ : ५७

प्रतिक्रिया