गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक

शुक्रबार, २९ मंसिर २०८०, १६ : ३०

काठमाडौँ - गायक राजकुमार शशंकरको ‘मदानी’ गीतको भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा गायक राजकुमार शशंकरलाई स्वरमा गायिका राधा गुरुङले दिएकी छन्।

जीवन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीत राजकुमार शशंकरकै छ । गीतको भिडियोमा देवेन्द्र बब्लु र सनसाइन सञ्जुको अभिनय देख्न सकिन्छ। विशाल घिमिरेको डिरेक्सन रहेको उक्त गीतको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।

योभन्दा अघि सार्वजनिक भएको गायक राजकुमार सशंकरको ‘ए रमा’ बोलको गीतले निकै चर्चा बटुलेको थियो।
 

शुक्रबार, २९ मंसिर २०८०, १६ : ३०

प्रतिक्रिया