कमेडी सिरियल ‘लौ खत्तम’ दर्शकले फेरि हेर्न पाउने

मंगलबार, ०३ पुस २०८०, १२ : १५

काठमाडौँ- कमेडी सिरियल ‘लौ खत्तम’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । ४ वर्ष अगाडि ७६ भाग निर्माण भएर बन्द भएको यो सिरियल फेरि निर्माण हुन लागेको हो । सिरियलका निर्देशक अनिल जिसी रहेका छन् । निर्देशक जिसीले प्राविधिक कारणले पहिले रोकिएको सिरियललाई फेरि निरन्तरता दिन लागेको बताए ।

सिरियल नयाँ भाग पुसको दोस्रो साताबाट छायाङ्कन सुरु हुनेछ । जसको कथा लेखन विशाल केसीले गरिरहेका छन् । अनिल जिसीकै निर्माण रहने सिरियलमा अनिल जिसी, वर्षा सिलवाल, स्नेहा क्षेत्री, भगवान् भण्डारी, दीप शेर्पाली, सम्राट् घिमिरे, कृष्ण जिसी, शिव कार्की, मनिशा जिसी, धड्कन लामा, कुष्ण दुलाल लगायत कलाकारको अभिनय रहनेछ ।

अनिल जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुने सिरियलले सामाजिक कथा कमेडी विषयवस्तुका साथ प्रस्तुत गर्ने निर्माण युनिटले जानकारी दियो । सिरियल पहिले झैँ दर्शकले रुचाउने निर्माण युनिटको अपेक्षा छ ।

मंगलबार, ०३ पुस २०८०, १२ : १५

प्रतिक्रिया