आजदेखि काठमाडौंका विभिन्न क्षेत्रमा चार दिनसम्म विद्युत् आपूर्ति बन्द

६ घण्टा लामो विद्युत् आपूर्ति कुन कुन ठाँउमा हुदैछ ?

४ महिना अगाडि

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको जानकारी दिएको छ । 

तार भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले एक सूचना मार्फत जनाएको हो ।  बुधबार (आज)  चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र,

शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।  विद्युत् बिहान ९ः३० देखि दिउँसो २ बजेसम्मलाई आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

४ महिना अगाडि

प्रतिक्रिया