नेकपा  माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा हुने

नेकपा  माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा हुने

शुक्रबार, ०६ पुस २०८०, ०६ : २७

काठमाडौँ- नेकपा  माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकले विधान मस्यौदा समिति गठन गरेको छ । सचिव गणेश शाहका अनुसार उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् ।

बैठकले  माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको शाहले जानकारी दिए । 

शुक्रबार, ०६ पुस २०८०, ०६ : २७

प्रतिक्रिया