काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ ।
जस अनुसार काउली, बोडी, मटरकोशालगायतका तरकारीको भाउ बढेको छ । बिहीबार प्रतिकेजी ३० रुपैयाँ रहेको स्थानीय काउलीको भाउ आज बढेर ३५ रुपैयाँ रहेको छ भने ज्यापु काउली प्रतिकेजी १० रुपैयाँले बढेको छ ।
यसअघि प्रतिकेजी ३५ रुपैयाँ पर्ने ज्यापु काउलीलाई आज ४५ रुपैयाँ पर्नेछ । त्यस्तै, बकूला प्रतिकेजी ८६ रुपैयाँ रहेकोमा आज बढेर ९६ रुपैयाँ ६७ पैसा पुगेको छ भने मटरकोशा ९० रुपैयाँबाट घटेर ७५ रुपैयाँमा झरेको छ ।
त्यस्तै, आज ठुलो नेपाली गोलभेडाको मूल्य प्रतिकेजी ५५ रुपैयाँ, टनेल सानो गोलभेडा १६ रुपैयाँ, तराई सानो गोलभेडा २४ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ८० पैसा र सुकेको प्याज १३५ रुपैयाँ पर्ने मूल्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया