काठमाडौं । साताको अन्तिम काारोबार शुक्रवारका दिन सुनको मूल्यमा प्रतितोला नगद रु ८ सय रुपैयाँले बजार भाउ बढेको छ । यो संगै साताभर नै सुनको मूल्य बढेको छ।
विभिन्न मुलुकमा जारी द्वन्द्व र अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने नीति लिएका कारण विश्व बजारमा सुनको मूल्यमा थप प्रभाव परेको कारण साताभरमा सुनको मूल्य उच्च हुन गएको विश्लेषकहरूले बताएका छन्।
यो साता सुनको मूल्यमा वृद्धि भएको छ । पुष १ गते, आइतबार सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो त्यसपछि सोमबार सोही मूल्य कायम भएको थियो अर्थात् मूल्य स्थिर रहेको थियो ।
त्यस लगत्तै सुनको मूल्य मंगलबार र बुधवार भने महँगिएको थियो। बिहीबार भने सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १९ हजार रुपैयाँ कायम भएको थियो जुन साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १९ हजार ८०० पुग्यो ।
साताको पहिलो दिनको तुलनामा अन्तिम दिनसम्ममा सुन प्रतितोला २ हजार रुपैयाँले बढेको देखिन्छ । यस साता नेपाली बजारमा चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रवार प्रतितोला एक हजार ४८५ रुपैयाँ कायम भएको छ । साताभरमा चाँदी तोलामा ३० रुपैयाँले महँगिएको छ ।
विश्व बजारमा सुनको भाउ बढिरहेको छ । विज्ञहरूले २०२४ मा सुनको भाउ ३ हजार डलर हाराहारी पुग्ने प्रक्षेपण गरिरहेका छन् । सुनको भाउले पहिलेको रेकर्ड तोडेर पछिल्लो एक महिनायता २ हजार डलर बराबरमा सुन कारोबार भएको तथ्याङ्कमा उल्लेख छ।
प्रतिक्रिया