नेपालले गर्यो साढे २६करोडको क्याप टोपी आयात

शनिबार, ०७ पुस २०८०, १६ : ०२

काठमाडौँ - चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा विदेशबाट कराडौं रुपैयाँको क्याप टोपी आयात भएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्मको अवधिमा साढे २६करोड रुपैयाँभन्दा धेरैको क्याप टोपी आयात भएको हो ।

 विभागको तथ्यांकअनुसार यस अवधिमा विदेशबाट ४५ लाखभन्दा धेरै क्याप टोपी भित्रिएको छ । विश्वभरका आधा दर्जनभन्दा धेरै मुलुकबाट क्याप भित्रिने गरेपनि चीन र बंगलादेशबाट धेरै मात्रामा आउने गरेको तथ्यांक छ ।

 यस अवधिसम्ममा चीनबाट मात्रै झण्डै २५ करोड रुपैयाँ बराबरको क्याप भित्रिएको छ । यस्तै, बंगलादेशबाट ७७ लाखभन्दा धेरैको क्याप भित्रिएको तथ्यांक छ । तथ्यांकअनुसार नेपाल भित्रिएको क्यापको मूल्य प्रतिपिस ५७ रुपैयाँ आसपास देखिन्छ ।
 

शनिबार, ०७ पुस २०८०, १६ : ०२

प्रतिक्रिया