उपभोग नै नगरेको बिजुलीको महसुल तिर्न प्राधिकरणले दबाब दिएको छ: व्यवसायी

विद्युत प्राधिकरणको ज्यादतीविरुद्ध निजी क्षेत्रले आज पत्रकार सम्मेलन गर्दै

४ महिना अगाडि

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको ज्यादतीविरुद्ध निजी क्षेत्रले आज (आइतबार) संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्ने महासंघले जनाएको छ ।  शनिबार महासंघमा बसेको आकस्मिक बैठकपछि तीनैवटा संगठन मिलेर संयुक्तरुपमा आफना भनाइ राख्ने महासंघको तयार छ । 

नेपाल विद्युत प्राधिकरणले शुक्रबारबाट विजुलीको लाइन काट्न थालेपछि निजी क्षेत्र एकठाउँमा उभिएका हुन । उद्योगीहरुका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीमाथि ज्यादति गरेको आरोप सहित सोही कार्यशैलीको विरुद्धमा आइतबार निजी क्षेत्रका ३ वटै संगठन एक भएर पत्रकार सम्मेलनमार्फत विरोध जनाउने भएका हुन् ।

विहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि विवादित डेडिकेटेट तथा ट्रंक लाइनको महशुल नतिरेको भन्दै चार ठूला उद्योगको बिजुली काट्न निर्देशन दिएसँगै निजीक्षेत्र आन्दोलित भएको हो ।

उपभोग नै नगरेको बिजुलीको बिल तिर्न प्राधिकरणले दबाब दिएको व्यवसायीहरुको भनाई छ । उद्योगले उपभोग गरेको बक्यौता तिर्न कुनै आनाकानी नगरेको तर प्राधिकरणले फर्जी बिल बनाएर उद्योगीहरुसँग बार्गेनिंग गरेको व्यवसायीले आरोप लगाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न निर्देशन दिए लगत्तै शुक्रबार प्राधिकरणले डेडिकेटेड लाइनको सबैभन्दा धेरै बक्यौता रहेका जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली काटेको थियो ।

४ महिना अगाडि

प्रतिक्रिया