दराजको १४ बिक्रेतालाई ट्रफी र उपहारहरू प्रदान

आइतबार, ०८ पुस २०८०, ११ : ०२

काठमाडौँ- ई–कमर्स ब्रान्ड दराजले हालै ‘बिक्रेता सम्मेलन’ को आयोजना गरेको छ।

ललितपुरमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा बिक्रेताहरू सहभागी थिए।

कार्यक्रममा दराजकी प्रबन्ध–निर्देशक आँचल कुँवरले कम्पनीसँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिबद्धता जनाइन्।

उनले भनिन्, ‘बिक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरूमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरूको ठूलो हात छ र तपाईंहरूविना यो सम्भव हुँदैन थियो ।’ 

हालै सम्पन्न ११ः११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, ‘चाडपर्वको समयमा पर्ने हाम्रो ११ः११ सेलमा बिक्रेताहरूले दिएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरेभन्दा धेरै राम्रो गर्न सफल हुन्छौं र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्ने छौं।’

कार्यक्रममा विभिन्न श्रव्य–दृश्य सामग्रीहरू प्रस्तुत गरेर विक्रेताहरूलाई बिक्री र व्यवस्थापनबारे जानकारी प्रदान गरिएको थियो।

बिक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट बिक्रेतालाई विशेष विधाका ट्रफी, १० हजार रुपैयाँबराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरू प्रदान गरिएको थियो।

आइतबार, ०८ पुस २०८०, ११ : ०२

प्रतिक्रिया