क्रिसमसमा प्रयोग हुने वस्तुको आयातमा बाहिरियो १३ करोड

मंगलबार, १० पुस २०८०, १२ : ५७

काठमाडौँ - चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा ‘क्रिसमस फेस्टिभल’मा प्रयोग हुने वस्तुको आयातमा साढे १३ करोड रुपैयाँभन्दा धेरै बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा १३ करोड ७६ लाख रुपैयाँभन्दा धेरैको क्रिसमसमा प्रयोग हुने वस्तुको आयात भएको हो ।
 

विभागका अनुसार यस अवधिमा क्रिसमस फेस्टिभलमा प्रयोग हुने प्लास्टिकका ट्रीको आयातमा नै ८ करोड २० लाखभन्दा धेरै बाहिरिएको छ । जबकि, यो वर्षको क्रिसमसमा काठमाडौँ महानगरका मेयर बालेनले यस प्रकारका ट्रीको प्रयोगमा प्रतिबन्ध लगाएका थिए ।

 
यस्तै, क्रिसमसमा प्रयोग हुने विभिन्न बत्ती आयातमा ४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्क छ । यस्तै, क्रिसमसमा प्रयोग हुने अन्य प्रकारका वस्तुको आयातमा १ करोड १३ लाख रुपैयाँ बाहिरिएको छ ।

 क्रिसमसमा प्रयोग हुने वस्तुको आयात अधिकांश मात्रामा चीन र भारतबाट आउने गरेको विभागको तथ्याङ्क छ । विभागका अनुसार चीनबाट मात्रै ७ करोड ४४ लाख रुपैयाँभन्दा धेरैको क्रिसमस ट्री भित्रिएको छ । यस्तै, भारतबाट ६३ लाख रुपैयाँको भित्रिएको थियो ।

मंगलबार, १० पुस २०८०, १२ : ५७

प्रतिक्रिया