काठमाडौँँ- नेपाली बजारमा पहेंलो धातु सुनको भाउ बढेको छ ।
बुधबार सुनको भाउ अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको छ। यो सँगै पै्रतितोला छापावाल सुनको मुल्य १ लाख २० हजार ७०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख २० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
उता चाँदी भने यो दिन तोलामा १० रुपैयाँ बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको भाउ घटेको छ । यो दिन सुनको भाउ प्रतिऔंस २ हजार ६६ डलर रहेको छ ।
प्रतिक्रिया