अवैध रूपमा ल्याएको १५ लाखको मोबाइलसहित एक जना पक्राउ

विहीबार, १२ पुस २०८०, ०७ : ५५

काठमाडौं - अवैध रूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका १५ लाख रुपैयाँ बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बारा गढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।  
विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारा गढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ । चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्री वितरण गर्दै आएको थियो । 

विहीबार, १२ पुस २०८०, ०७ : ५५

प्रतिक्रिया