४७ करोड बुझाउन बाँकी रहेको भन्दै अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

४ महिना अगाडि

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिका अवस्थित शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना बापतको ४७ करोड बक्यौता रुपैयाँ नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले जानकारी दिएको छ ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ।

४ महिना अगाडि

प्रतिक्रिया