काठमाडौं । आज काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।
उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्न लागिएको हो । फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया