किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्रै आवेदन दिनुपर्ने

मंगलबार, २४ पुस २०८०, ०७ : ४६

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिने भए ३० दिनभित्र आवेदन दिन निर्देशन दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै बक्यौता रकम तिर्ने सुविधाका लागि ३० दिनभित्र सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी आवेदन दिन भनेको हो ।

प्राधिकरणको सञ्चालक समितिको यही पुस १६ गते बसेको बैठकले बक्यौता रकम तिर्नका लागि किस्ताबन्दीको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।प्राधिकरणले बक्यौता विद्युत् खपतको महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन सकिने विशेष व्यवस्था गरेको छ ।

ट्रंकलाइन विद्युत् बक्यौताका नाममा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काट्न थालेको छ । प्राधिकरणको यस कदम बिरुद्ध उद्योगी व्यवसायीले ठाँउ ठाँउमा आन्दोलन गर्दै आएका छन् । 

suchana pradhikaran

मंगलबार, २४ पुस २०८०, ०७ : ४६

प्रतिक्रिया