जिल्ला क्रिकेट संघ बारा र तुरन्त कल प्रा. लि. बीच सम्झौता

३ महिना अगाडि

काठमाडौँ - नेपालमा क्रिकेटको प्रति को आकर्षण बढ्दै गएको तर स्थानीय स्तरमा शीप भएर पनि उचित किट्सको अभावले गर्दा आफ्नो प्रदर्शन निखार्न नसकेको अवास्थामा पी.एम. कप छनोट प्रतियोगिता भइरहेको अवसर पार्दै तुरन्त कल प्रा.लि. ले मंगलबार बाराको कलैयास्थित रहेको सिद्धेश्वर खेल मैदानमा जिल्ला क्रिकेट संघ बाराको आयोजनामा भएको एक कार्यक्रममा जिल्ला क्रिकेट संघ बारा सँग आधिकारिक प्रायोजक को लागि सम्झौता गरेको छ । उक्त कार्यक्रममा तुरन्तकल का तर्फबाट संस्थापक सन्दीप जयसवाल र जिल्ला क्रिकेट संघ बाराका तर्फबाटअध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसियाले तुरुन्त कल प्रा.लिले दिएको प्रयोजनको रकम खेलाडीहरु सामाग्रीहरु खरिदमा खर्च गर्ने जानकारी दिए । उनले यो बारा जिल्ला क्रिकेट संघको इतिहासमा पहिलो पटक भएकोले ऐतिहासिक रहेको पनि बताए।

यस्तै तुरुन्त कल प्रा.लि नेपालको पहिलो लोकल सर्च इन्जिन रहेको फाउन्डर जयसवालले बताए । तुरन्त कल प्रा. लि. विभिन्न व्यवसाय र सेवाप्रदायक का लागि अनलाइन डाइरेक्टरी हो जसमा व्यक्तिगत वा संस्थागत विभिन्न सेवाप्रदायकको सम्पर्क नम्बर सजिलै खोज्न सक्नुहुन्छ उनले थपे।

 उक्त कार्यक्रममा क्रिकेट संघ बाराका कोषाध्यक्ष सुभाष जैसवाल,पर्सा क्रिकेट संघका उपाध्यक्ष मुर्तुजा हवारी,कलैया क्रिकेट टिमका क्याप्टेन अनिल साह,सन्चारकर्मी तथा खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो । यो साझेदारी एक वर्षको लागि रहने एक प्रेष विज्ञप्ति मार्फत् जानकारी गराइएको छ।
 

३ महिना अगाडि

प्रतिक्रिया