इलेक्ट्रीक प्रिमियम सेडान कारको बिक्री सुरु

३ महिना अगाडि

काठमाडौँ - इलेक्ट्रीक प्रिमियम सेडान कार आजबाट बिक्री सुरु हुँदैछ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले सिल सेडानको बिक्री सुरु गर्न लागेको हो ।अहिलेसम्म सिलको मूल्यको विषयमा कुनै जानकारी बाहिर आएको छैन । कम्पनीले यसको मूल्य १ करोड रुपैयाँ माथि राखेर बिक्री सुरु गर्न लागेको अनुमान गर्न सकिन्छ । साथै, फोर ह्वील ड्राइभ अप्सनको मूल्य २ करोड हाराहारी पर्ने अनुमान छ ।

बजारमा अहिले बीवाइडीका अलावा एमजी, टाटा, हुन्डाई, किया, ग्रेटवाल, नेटा, सेरेस, विलिङ लगायतका ब्राण्डसँग विद्युतीय कार छन् । यी ब्राण्डले आफ्नो इलेक्ट्रीक कारको लागि राम्रै संख्यामा ग्राहक पाइरहेका छन् ।चाँडै नेपाली बजारमा आधा दर्जन विद्युतीय कार आउने क्रममा छन् । विशेषगरी चीनमा उत्पादन भएका कारहरु नेपाल आउने क्रममा छन् । चांगनको इलेक्ट्रीक ब्राण्ड दिपलको इलेक्ट्री मोडल नेपाल आइपुगेको छ ।

कम्पनीले दिपल एस-७ र एल-७ मोडल नेपाल ल्याएको हो । सुरुमा सडक परिक्षणको लागि ल्याएको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनी स्रोतका अनुसार केही समय परिक्षणपछि यसको नेपालमा बिक्री सुरु हुनेछ । कम्पनीले ल्याउने यी दुबै मोडल प्रिमियम कार हुन् ।स्काइवेल ईभी-६ पनि फेब्रुअरीबाट बिक्री सुरु हुने कम्पनीले जनाएको छ । स्काइवेल ब्राण्डलाई जी ईभी मोटर्सले नेपाल ल्याएको हो । कम्पनीले नेपाल ल्याउन लागेको ईभी-६ मोडल प्रिमियम सेग्मेन्टमा आउन लागेको हो । यसको मूल्य झण्डै १ करोड १० लाख रुपैयाँ तोकिएको छ ।

चेरीको इलेक्ट्रीक ब्राण्ड अमोडाको नयाँ इलेक्ट्रीक एसयूभी ई-५ पनि नेपाल आइपुग्ने क्रममा छ । एसपीजी अटोमोवाइलले बिक्री गर्ने ओमोडाको इलेक्ट्रीक कार पनि फ्यूचरस्टीक डिजाइन प्रेरित छ । यसको बिक्री फेब्रुअरीबाट सुरु हुने कम्पनीको भनाइ छ ।टाटा नेक्सन ईभीको फेसलिफ्ट पनि नेपाल आउने क्रममा रहेको इलेक्ट्रीक मोडल हो । नेपाली बजारमा सर्वाधिक सफल इलेक्ट्रीक मोडल नेक्सन ईभीको फेसलिफ्टमा निकै ठूलो परिमार्जन भएर आउन लागेको हो । सिप्रदी ट्रेडिङले सम्भवत मार्चसम्ममा नयाँ नेक्सनको बिक्री सुरु गर्नेछ ।हुन्डाईको नेपालमा सर्वाधिक सफल मोडल कोना इलेक्ट्रीकको नयाँ जेनेरेशन मोडल पनि नेपाल आउने तयारीमा छ । आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने नयाँ कोना पहिलेको तुलनामा ब्यापक परिमार्जन भएर आउन लागेको हो । यसको बाहिरी र भित्री डिजाइनमा नै ठूलो परिवर्तन पाउन सकिन्छ ।

३ महिना अगाडि

प्रतिक्रिया